बैतडी।
नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । माननिय लिलाधर भट्टको प्रमुख आतिथ्योमा शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १७ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
कमिटिको अध्यक्षमा प्रेमराज भट्ट चयन भएका छन् भने उपाध्यक्षमा रामचन्द्र ओझा, महिला उपाध्यक्षमा आशा पाल, सचिवमा धनबहादुर महरा,कोषाध्यक्षमा परमानन्द भट्ट, सहसचिवमा कुन्धा साउँद, सहकोषाध्यक्षमा लालमति बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् । ६ जना केन्दिय प्रतिनिधितसहित ३३ सदस्य नयाँ जिल्ला कमिटि चयन भएको अध्यक्षमा प्रेमराज भट्ट बताए । अधिवेशन सर्वसम्मत रुपमा नेतृत्व चयन भएको उनेल बताए ।













