साफमा बंगलादेशविरुद्ध खेल्दै नेपाल, आज पनि इतिहास रच्ने मौका

Image

काठमाडौं ।

भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा आज बंगलादेशको सामना गर्दैछ । खेल जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा बेलुका सवा ७ बजे सुरु हुनेछ ।

बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, गत संस्करण विजेता बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल उक्त हारको बदला लिन चाहन्छ ।

आजको खेल जिते नेपालले इतिहास रच्नेछ । नेपालले खेल जितेमा साफमा बंगलादेशविरुद्ध नेपालको पहिलो जित हुनेछ । हालसम्म यू–१८ साफमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन ।

नेपालले पहिलो र तेस्रो खेलमा भारतसँग क्रमश: ७–० र ५–१ को हार बेहोरेको थियो । बंगलादेश भने नेपालविरुद्धको जितलाई कायम राख्ने सोचमा छ । उसले दोस्रो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो ।

३ खेलमा अंक विहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।