चैत ११ गते शुक्रबार सुदूरपश्चिमका यी जिल्लाहरुमा सार्वजनिक बिदा (सूचनासहित)

Image

काठमाडौं ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको छ । उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो।

यस्तै काठमाडौंमा पनि आउदो शुक्रबार (१८ गते) सार्वजनिक बिदा

सरकारले आउदो शुक्रबार घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबीचको सहकार्य निरन्तर छ । इतिहासका अनेकन दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ । अझ यो सम्बन्धबारे अनेकन किसिमका कथा–किस्साहरू पनि जीवितै छन् ।

युरोप, अमेरिका, मध्यपूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।

विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।

अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महत्वपूर्ण जीवको रुपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ, ‘अश्वमेघ यज्ञ’ हो, जसमा सैयौँका संख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुँदेका यी अत्यन्त बफादार अनि बेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाडौंमा घोडेजात्रा मनाइँदैछ । चाहे काठमाडौंका विभिन्न ठाउँमा रहेका राणाहरूको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना शालिक या तस्वीर होस्, घोडाहरूको उपस्थिति जरुरी देखिन्छ । नेपोलियनदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बीरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाडांंैको अत्यन्त मौलिक जात्राका रुपमा घोडे जात्रा युगौं युगान्तरदेखि काठमाडौंको टुँडिखेलमा अविछिन्न अनि निरन्तर रुपमा प्रदर्शन गरिँदै आएको छ ।

घोडेजात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रुपमा प्राचीन कालदेखि काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौको टुँडिखेलमा हजारौं सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रर्दशन गर्ने गर्छन् । घोडे जात्राकै दिन विहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा शुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकौशलहरूको प्रदर्शनी शुरु हुन्छ ।

यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रुपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ ।

त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् । काठमाडौंमा हुनुहुन्छ भने आजको दिन जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।

यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोश्रो दिन घोडेजात्रा हो, घोडेजात्राबाट विवााहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडेजात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किंवदन्ती प्रस्तुत गरौँ ।