काठमाडौं ।
शनिबार सम्पन्न पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको दुई खेलको एकदिवसीय सिरिजमा नेपालका दुई युवा ब्याटरले शतकीय पारी खेले । सिरिजको पहिलो खेलमा रोहितकुमार पौडेल (१२६) र दोस्रो म्याचमा दीपेन्द्रसिंह ऐरी (१०५) ले शतकीय पारी खेलेका हुन् ।
दुर्भाग्य दुवै खेलमा नेपाल भने पराजित हुन पुग्यो । एकदिवसीय क्रिकेटमा लामो समयपछि नेपाली ब्याटरले शतकीय पारी खेलेका हुन् । हालसम्म नेपालको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेटमा १६ शतक बनेका छन् ।
नेपालका लागि सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा छ । पारसले नेपालका लागि पाँच शतक बनाएका छन् ।
कुन नेपाली खेलाडीको नाममा कति अन्तर्राष्ट्रिय शतक?
राजु खड्का (१०५* रन) भुटानविरुद्ध – एसिसी इमर्जिङ नेसन्स प्रतियोगिता (२००३)
शक्ति गौचन (१०६* रन) इटालीविरुद्ध – आइसिसी विश्वकप छनोट सिरिज (२००५)
शरद भेषावकर (१०५ रन) फिजिविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन ५ (२०१०)
सुवास खकुरेल (११५ रन) अमेरिकाविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ (२०१२)
अनिल मण्डल (११३ रन) डेनमार्कविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन ४ (२०१२)
पारस खड्का (१०६* रन) कुवेतविरुद्ध – एसिसी ट्रफी एलाइट (२०१२)
ज्ञानेन्द्र मल्ल (११४ रन) सिंगापुरविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ (२०१४)
अनिल मण्डल (१०० रन) स्कटल्याण्डविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१५)
पारस खड्का (१०३ रन) नामिबियाविरुद्ध –आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (२०१६)
पारस खड्का (११२* रन) यूएईविरुद्ध – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू (२०१८)
पारस खड्का (११५ रन) यूएईविरुद्ध – नेपाल र युएईबीचको एकदिवसीय सिरिज (२०१९)
पारस खड्का (१०६* रन) सिंगापुरविरुद्ध – सिंगापुर ट्राई नेशन टी-२० सिरिज (२०१९)
ज्ञानेन्द्र मल्ल (१०७ रन) भुटानविरुद्ध – १३औं दक्षिण एसियाली खेलकुद (टी-२० फर्म्याट २०१९)
कुशल भुर्तेल (१०४* रन) फिलिपिन्सविरुद्ध – आइसिसी टी-२० विश्वकप छनोट (२०२२)
रोहित पौडेल (१२६ रन) पपुवा न्युगिनी(पिएनजी)विरुद्ध – नेपाल र पिएनजीबीचको एकदिवसीय सिरिज (२०२२)
दीपेन्द्रसिंह ऐरी (१०५ रन) पपुवा न्युगिनी(पिएनजी) विरुद्ध – नेपाल र पिएनजीबीचको एकदिवसीय सिरिज (२०२२)













