काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चौथो खेलमा लखनउ सुपर जायन्ट्सविरूद्ध गुजरात टाइटन्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टोलीबीचको खेल ७ः४५ देखि मुम्बईस्थित वानखडे स्टेडियममा हुँदैछ ।
गुजरात र लखनउले यसपालिदेखि आईपीएल खेलिरहेका हुन् । यी दुवै टिम डेब्यू म्याच जित्दै सिजनको सुरुवात गर्ने लक्ष्यमा छन् । लखनउमा केएल राहुल र गुजरातमा हार्दिक पाण्ड्या कप्तान छन् । गत सिजनमा हार्दिकले मुम्बई इण्डियन्स र राहुल पञ्जाब किंग्सबाट आईपीएल खेलेका थिए ।
आफ्नो पहिलो खेलमा गुजरातले विदेशी खेलाडीको रूपमा राशिद खान, म्याथ्यू वेड, डेविड मिलर र लकी फर्गुसनलाई प्लेइङ–११ मा मौका दिएको छ । लखनउले विदेशी कोटामा क्विन्टन डिकक, इभन लुईस र दुश्मन्था चामेरालाई मात्र मौका दिएको छ ।
लखनऊको प्लेइङ–११ : केएल राहुल (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), इभिन लुईस, मनिष पाण्डे, दीपक हूडा, क्रुणाल पाण्डे, मोहसिन खान, आयुष बडोनी, दुष्मन्था चमेरा, रवि विश्नोई र आवेश खान ।
गुजरातको प्लेइङ–११ : शुभमन गिल, म्याथ्यू वेड (विकेटकीपर), विजय शंकर, अभिनव मनोहर, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, लकी फर्ग्युसन, वरुण आरोन र मोहम्मद शामी ।
















