शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो निमाविको नतिजा (नतिजा-सहित)

Image

काठमाडौँ ।

शिक्षक सेवा आयोगले आज वैशाख २४ गते निम्न माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ। आयोगले खुला तर्फको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो ।

लामो समय पछि खुलेको आयोगले गत चैत १७ गते निम्न माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो। निम्न माध्यमिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।

उक्त परीक्षामा करिब २७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएको आयोग स्रोतले जानकारी दिएको छ । आयोगले यसअघि माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ।

प्रदेश १ को नतिजा 

मधेश प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिम प्रदेशको नतिजा