काठमाडौं ।
भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले छनोट खेल्ने एसियाका ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ‘ड्र’ निकालेको हो ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ रहेको समूह ‘एफ’ परेको हो ।
यो समूहको खेल अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ । समूह विजेता हुने राष्ट्रले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् ।
हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले एसियन कपमा स्थान बनाउनेछ । १० समूह विजेता राष्ट्र र ५ उपविजेता राष्ट्रले एएफसी यू–१७ एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् ।
समूह विभाजन
समूह ‘ए’ – जापान, जोर्डन (आयोजक), सिरिया, फिलिपिन्स र तुर्केमिनिस्तान , समूह ‘बी’ – इन्डोनेसिया (आयोजक), मलेसिया, प्यालेस्टाइन, गुआम र युएईं, समूह ‘सी’ – ओमान (आयोजक), इराक, कतार, लेवनान र बहराइन
समूह ‘डी’ – भारत, साउदी अरेविया (आयोजक), म्यानमार, माल्दिभ्स र कुवेत , समूह ‘ईं’ – यमन, बंगलादेश (आयोजक), सिंगापुर र भुटान , समूह ‘एफ’ – थाइल्यान्ड, भियतनामा (आयोजक), चाइनिज ताइपेइ र नेपाल
समूह ‘जी’ – अष्ट्रेलिया (आयोजक), चीन, कम्वोडिया र नर्दन मारियाना आइल्यान्ड समूह ‘एच’ – ताजिकिस्तान (आयोजक), अफगानिस्तान, टिमोर लिस्टे र मंगोलिया, समूह ‘आईं’ – इरान, हङकङ, किर्गिस्तान (आयोजक) र लाओस, समूह ‘जे’ – दक्षिण कोरिया, ब्रुनाई, उज्वेकिस्तान (आयोजक) र श्रीलंका














