काठमाडौं ।
साफ यू-२० च्याम्पियनसिपअन्तर्गत नेपालले तेस्रो खेलमा नमिठो हार बेहोर्यो। आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम भारतले ८-० गोलले पराजित गर्यो। नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरूद्ध बेहोरेको यो ठूलो हार हो।
भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे। टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक गोल गरे।
यो भारतको कीर्तिमान जित हो। जारी प्रतियोगितामा सबैभन्दा फराकिलो जित निकाल्दै कीर्तिमान बनाएको हो। उमेर समूहको साफमा भारतविरुद्ध नेपालको यो हालसम्मकै फराकिलो हार हो । यसअघि साफमा नेपाल यति फराकिलो गोल अन्तरले पराजित भएको थिएन । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।
भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलको ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गर्दै भारतलाई अग्रता दिलाएका थिए । एकपक्षिय जस्तै बनेको खेलमा नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन भने भारतले लगातार गोल गरिरह्यो ।
पार्थिव सुन्दर गोगोईले ५०औ र ५२औं मिनेटमा गोल गर्दै भारतको अग्रता ३-० बनाए । पथुम गिमहानाले ६४औं मिनेटमा गोल गर्दै भारतको अग्रता ४-० बनाए । भारत रोकिएन । ७१औं मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गर्दै भारतको अग्रता ५-० बनाए ।
मोहमेद रिकाज ७८औं मिनेटमा गोल गर्दै भारतलाई ६-० को अग्रता दिलाए । भारतले गोलको वर्षालाई अन्तिमसम्म कायम राख्यो । ९०औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई ७-० को अग्रता दिलाए । शुभो पउलले इन्जुरी टाइममा गोल गर्दै भारतलाई ८-० को जित दिलाए ।
नेपाल पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४–० र दोस्रो म्याचमा श्रीलंकाविरुद्ध ३–० ले विजयी भएको थियो । भारतको यो दोस्रो जित हो । ऊ पहिलो खेलमा बंगलादेशविरुद्ध २–१ ले पराजित हुँदा दोस्रो म्याचमा श्रीलंकालाई ४–० ले हरायो । यो जितसँगै भारतले फाइनल सम्भावना धेरै देखिन्छ । अब चौथो खेलमा माल्दिभ्सविरुद्ध खेल्नेछ ।
समूहमा यसअघि लगातार दुई खेलमा जित निकालेको नेपालका लागि फाइनल यात्रा समेत कठिन बनेको छ। अन्तिम खेलअघि शीर्ष स्थानको बंगलादेशको ९ अंक छ। दोस्रो स्थानको भारत र तेस्रो स्थानको नेपालको ६-६ अंक छ। गोलअन्तरमा भने भारत अघि छ। भारतको गोलअन्तर ११ छ भने नेपालको -१ छ।
भारतसँग नेपालको लज्जास्पद हारपछि भारतीय टिमका प्रशिक्षक वैंकटेश षणमुगमले मानसिक र शारिरिकरूपमा राम्रो भएकाले नेपालमाथि फराकिलो जित निकालेको प्रतिक्रिया दिएका छन् । ‘नेपालविरुद्ध भारतले उत्कृष्ट प्रदर्शन गर्न सफल भयै । हामीले सोचेअनुसार नै खेलाडीले खेलको प्रशिक्षक वैंकटेशले बताए ।
‘श्रीलंकाविरुद्धको जितपछि खेलाडीमा आत्मविश्वास बढेको थियो । केही कमजोर भएका छन्, सुधार गर्दै आगामी म्याच खेल्नुपर्छ ।’ उनले भने, ‘अबको नजर माल्दिभ्सविरुद्ध हुनेछ । हाम्रो लक्ष्य फाइनल पुग्नु हो । त्यसका लागि अझै कडा मिहिनेत गर्नेछौं’ ।














