स्थानीय शिक्षा अभियन्तासंग एक दिने समिक्षा बैठक सम्पन्न

Image

डडेल्धुरा ।

लूनिभाबाल सरोकार समूह डडेल्धुराद्धारा  शिक्षानिती सबलीकरण तथा शिक्षा अधिकार सुनिश्चितता परियोजना (SEEN) अन्तरगत स्थानीय शिक्षा अभियन्तासंगको एक दिने समिक्षा बैठक सम्पन्न भएको छ ।

शिक्षाका सवालमा काम गर्दै आएको यस संस्थाले हाल डडेल्धुराका दुई पालिका अजयमेरु र गन्यापधुरामा काम गर्दै आएको छ । औपचारिक कार्यक्रममा प्रमुख अथिति जिल्ला समुन्व्य समितिका प्रमुख गगन भण्डारी, विशिष्ट अथितिमा अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट, अथितिमा गन्यापधुरा गाँउपालिका उपाध्यक्ष ज्ञानु सेटि, अजयमेरु गाउपालिका शिक्षा शाखा प्रमुख लाल बहादुर सेटि र गन्यापधुरा गाँउपालिकाका शिक्षा शाखा प्रमुख तस्विर घटाल र शिक्षा अभियानताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतिमा लूनिभाका कार्यक्रम संयोजक कृष्ण गोविन्द मर्हजन रहेका थिए । कार्यक्रममा स्थानीय शिक्षा अभियन्ताहरुले सम्पन्न गरेका कार्यहरुको समिक्षा, स्थानीयतहमा रहेका शिक्षाका सवालहरुमा छलफलका साथै आगामी दिनको कार्ययोजना निर्माण गरेको थियो ।