काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुर्रा जाताको राँगा ल्याउने सहमति अहिलेको नभएको स्पष्टीकरण दिएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा उनले ७ वर्षअघिकै सहमति भएको बताएका हुन् ।
“भैँसीको कुरा अहिले भएको होइन । यो आजभन्दा ७ वर्ष अगाडि नै मुर्रा भैँसी ल्याउनेबारे सहमति भएको रहेछ । आएको मात्रै अहिले हो,” उनले भने, “७ वर्ष अघिको रहेछ । मान्छेले मलाई चाहीँ भैसी चढाएर हिँडाएका छन् ।” पहिले बोल्ने क्रममा भैँसी भनेका प्रधानमन्त्रीले अन्तिममा मुर्रा जाताको राँगा भएको बताएका थिए ।














