यसरी भयो नेपाल एसीसी प्रिमियर कप समूह ‘ए’ को विजेता

Image

काठमाडौँ। ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले पहिलो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ।

समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ । क्रमश: तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हंगकंग २-२ अंकमा छन् ।

साउदी अरबले नेपाल विरुद्ध र मलेसियाले हंगकंग विरुद्ध खेल्न बाँकी रहेको छ । यो सँगै दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुग्ने टोलीको छिनोफानो रन रेटका आधारमा हुने भएको छ । कुनै पनि टोलीले ६ अंक बनाउन नसक्ने भएपछि नेपाल समूह विजेता बनेको छ ।

कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो । यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।