हेटौंडा – हेटौंडा ११ सिमलटारमा रहेको सिमलटार सहयोगी समाजद्वारा मृतकको परिवारलाई सहयोग गरेको छ।
यस सहयोगी समाजले जो यस समाजको सदस्य छ त्यस्को परिवारलाई सहयोग गर्ने गरेको हेटौंडा ११ खेलकुद विकास समितिका अध्यक्ष तथा यस समाजका कोषाध्यक्ष प्रभाकर पुडासैनीले बताउनु भयो। मृतकको परिवारलाई प्रभाकर पुडासैनीले दशहजार सहयोग हस्तान्तरण गर्नुभयो।
दुखेको घाउमा मलम पट्टी बाधेर सहयोग गरेकोमा स्वर्गीय बुद्ध सुरा खेति र भिम बिडारीको परिवारले धन्यवाद प्रकट गर्नुभएको थियो साथै कुनै पनि समस्या आइपर्दा आफु सहयोग गर्न तयारी रहेको साथै सिमलटाट सहयोगी समाजको पनि सहयोग रहने कोषाध्यक्ष प्रभाकर पुडासैनीले बताउनु भयो।
















