पत्रकार महासंघ मकवानपुरको१२ औं जिल्ला अधिवेशन सम्पन्न

Image

हेटौंडा। नेपाल पत्रकार महासङ मकवानपुर को १८औं बार्सिक साधारण सभा तथा १२ औं जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न भएको छ ।

पत्रकार महासङ्का जिल्ला अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर पालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । महासङ्ले २० वर्ष काम गरेका ६० वर्ष पुगेका पत्रकार लाई दिदै आएको मासिक ४ हजार रुपैयाँ निरन्तर दिने , सुध्दिकरणमा परेका पत्रकारहरुको नाम सच्याउने लगाएतको निर्णय गरेको छ ।

महासङ्ले पार्वतीमान बोमबहादुर राउत स्मृती अग्रज पत्रकारिता पुरस्कार जेष्ठ पत्रकार नवराज शर्मालाई प्रदान गरेको थियो भने न्हुछेमान श्रेष्ठ क्रियासिल पत्रकारिता पुरस्कार सन्चारकर्मी सरिता दाहाललाई प्रदान गरेको थियो। नेपाल पत्रकार महासङ्की केन्द्रिय सचिव सृजना अर्याल , केन्द्रीय सदस्य सुनिल खड्का , बागमती प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा , उपाध्यक्ष सम्मझना कार्की , रुपेश दुलाल,महासचिव कृष्ण सारु मगर , पुर्व अध्यक्ष प्रताप बिस्ट लगायतकाको आतिथ्यता रहेको थियोे ।