चित्लाङबाट हेटौंडा आउदै गरेको बस दुर्घटना: ५ जना घाईते

Image

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौं सडकमा चित्लाङबाट हेटौंडातर्फ आउदै गरेको ना.५ ख १५९० नम्बरको बस आइतबार आफै अनियन्त्रित भई सडकको भित्तामा ठोक्किन जादा ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेमा भीमफेदी गाउँपालिका–६ जुरीखेत बस्ने ९१ बर्ष का मान बहादुर डिङडुङ, २० बर्ष की रोजी राना मगर, कलैया उपमहानगरपालिका–२ बस्ने ५८ बर्ष की ओमरावती देवी कुर्मी, रौतहट देवाई गोनाही नगरपालिका–४ बस्ने ३६ बर्ष का प्रहरी सहायक हवाल्दार मातृका प्रसाद कुर्मी र हेटौंडा उमहानगरपालिका–१८ हर्नामाडी बस्ने ५० बर्ष की सावित्री बिश्वकर्मा रहेका छन् ।

घाईतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।