हेटौंडामा नक्कली नोट सहित पाँचजना पक्राउ

Image

हेटौंडा – मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए अनुसार एक हजार दरको नक्कली नोट ५५००० पचपन्न हजार सहित पाँचजनालाई पक्राउ गरेको हो ।

#को परेत पक्राउ!

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का १८ वर्षीय सीताराम थिङ, हेटौँडा उमहानगरपालिका वडा नम्बर १४ का ३७ वर्षीय सुनील ढुंगाना सोही स्थानका १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याल रहेका छन् ।

बुधबार सीतारामको साथबाट १२ हजार, सुनीलको साथबाट ४२ हजार र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिएका छन। सोधपुछ र अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा थप व्यक्तिहरु संलग्न रहेको पाइएपछि बिहीबार दुईजनालाई पक्राउ गरिएको उलने बताएका छन।

प्रहरीले सीतारमा, सुनील र रोजलसँग सोधपुछका आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पनि पक्राउ गरेको प्रवक्ता भण्डारीको भनाई छ । उनले कारोबारमा संलग्न सुनील ढुंगाना र रोजल ढुंगाना बाबु छोरा रहेको पनि बताए ।
प्रहरीले पाँचै जनालाई नक्कली मुद्रा कारोवार सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रवक्ता भण्डारीले जानकारी दिएका छन।