हेटौंडा – मकवानपुरको हेटौंडामा एक पुरुषले आफ्नै काकीमाथि कैची प्रहार गरेका छन् । हेटौैंडा उपमहानगरपालिका वडा नं.९ प्रगतिटोलमा स्थानीय ५० बर्षीका कमल परीयारले आफ्नै काकी ६५ बर्षकी गोमा दमाईमाथि कैची प्रहार गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनकारी दिए अनुसार शनिबार दिउँसो मादक पदार्थ सेवन गरी गोमामाथि कैची प्रहार गरिएको हो। कैची प्रहार बाट गम्भीर घाइते भएकी गोमाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कैची प्रहार गर्ने कमललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ
















