हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ सल्लाघारीमा अपरिचित युवाहरुको समुहले एक युवकमाथि कुटपिट गरेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बालजागृती स्कुल नजिकै हेटौंडा–१६ शक्तिरोड बस्ने २३ बर्षाका साजन रानालाई अपरिचित ३/४ जना केटाहरुले कुटपिट गरेका हुन् ।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको अवस्थमा हेटौंडा–१६ बस्ने शंकर पाख्रिन र उनका साथीहरुले स्कुल नजिकै घाईते अवस्थामा बसिरहेको देखेपछि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।
घाईतेको उपचार हेटौंडा अस्पतालमा सम्भव नभएपछि चितवन रिफर गरेको छ भने बिरामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
















