हेटौंडा – आइ.पि.भी.खोपबारे एकदिने अभिमुखिकरण गोष्ठी हेटौंडामा गरिएको छ । खोप सम्बन्धि जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरु बिच अन्तर्कृया गरिएको थियो । बिगतमा पोलियो खोप लगाउन छुटेका बालबालिकाहरुलाइ खोप अभियान २०८१ संचालन गरिने जनाइएको छ ।खोप लगाउन छुटेका देशभरका करिब १४ लाख ६० हजार बालबालिका हरुलाइ खोप दिलाउन अभियान संचालन थालिएको बताइएको छ । 
खोपका फोकल पर्सन बासु रिमालका अनुसार बागमती प्रदेशमा ३ लाख ३० हजार , मकवानपुर जिल्लामा २२ हजार ५ सय ६ जना बालबालिकाहरु खोप लगाउनबाट छुटेका छन् । मकवानपुर जिल्लामा २०८१ जेठ् १३ गतेदेखि १९ गते सम्म जिल्लाभरका ५ सय ४१ बिद्यालय बाट खोप लगाइने , छुटेकाहरुलाइ जेठ् २६ गते हेटौंडा अस्पतालको एम्सिएच क्लिनिकमा खोप लगाइने ब्यवस्था मिलाइएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला समन्वय समिती मकवानपुरको सभाहलमा भएको कार्यक्रम को सभाध्यक्षता समन्वय समिती प्रमुख ललित् बहादुर घलानले गरेका थिए ।
















