हेटौंडा ११ को सिलिङ बजेट १ करोड ३८ लाख

Image

हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाको आव २०८१/ ०८२ को सिलिङ बजेट १ करोड ३८ लाख रुपैयाँ माथी योजना तर्जुमा गोष्ठी गरिएको छ ।

वडा कार्यालयको आयोजनामा विभिन्न दलका वडा अध्यक्ष तथा प्रतिनिधि , टोलबिकास संस्थाका अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु , बिद्यालयका प्रधानाध्यापक लगायतकाको सहभागीतामा कार्यक्रम भएको हो ।

दलका वडा प्रतिनिधि , संघसंस्थाका सरोकारवाला ब्यक्तिहरुले यति बजेटले बिकासको काम सम्भव नभएको बताए । वडाध्यक्ष जुना दाहाल ले बजेटले भ्याएसम्म सबैको मागलाई सम्बोधन गर्ने बताइन् । शिक्षा , स्वास्थ्य, रोजगार , कृषि र जनचेतनामा बढी जोड दिने अध्यक्ष दाहालको धारणा रहेको छ ।