हेटौंडा। नव जागरण नेपालले हेटौंडा ११ का महिलाहरुलाइ कृस्टल माला तथा गर्गहना बनाउने तालिम दिन शुरु गरेको छ ।
हेटौंडा ११ कि वडाअध्यक्ष जुना दाहाल ले तालिमको उद्घाटन गरेकी हुन् । वडा ११ कार्यालयको सहयोगमा संचालित तालिममा वडास्थित सरस्वति टोल देखि स्मारक सम्मका ९ वटा टोल बिकास संस्था का २० जना महिलाहरु सहभागी छन् ।
तालिम नव जागरण नेपाल कि अध्यक्ष निर्मला बर्तौलाको सभाध्यक्षतामा तथा वडाअध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा शुरु भएको हो । जेठ् १७ गते सम्म चल्ने तालिममा बिमला लामाले सहजीकरण गर्ने जनाइएको छ ।
















