हेटौंडा – विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ११ मा र्याली प्रदर्शन गरिएको छ । टोल बिकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा गरिएको र्यालीमा २३ वटा टोल बिकास संस्थाले भाग लिएका थिए । वडा ११ को कार्यालय देखि शुरु भएको र्यालीले नवलपुर , थानाभर्याङ परिक्रमा गरि सिमलटारको सहकारी भवनमा पुगेर सभामा परिणत भएको थियो ।
हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने टोल बिकास संस्थाहरु साथै किसान हरुलाई पुरस्कृत गरिएको थियोे । पुरस्कृत हुने टोल बिकास संस्थामा प्रथम सिमलटार टोल बिकास संस्था , दोस्रो शान्ति चोक टोलबिकास संस्था , तेस्रो झलुङ्गेपुल टोलबिकास संस्था थिए भने सुर्योदय टोलबिकास संस्था र लालिगुरास टोलबिकास संस्था ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष जुना दाहाल , वडा सदस्यहरु बिकास नेपाल , सन्जय बिडारी , गोपिनी सापकोटा , गीता सुनार , टोल बिकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी, हेटौंडा ११ खेलकुद बिकास समितीका अधक्ष्य प्रभाकर पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम टोल बिकास संस्था वडासमन्वय समिति का अध्यक्ष यज्ञबहादुर आचार्य को सभाध्यक्षतामा भएको थियोे ।















