हेटौंडा – टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरसपालिकाले ५२ औं विश्व वातावरण दिव सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
आउदो जेठ १७ गतेदेखि २३ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी सप्ताहव्यापी रुपमा वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले पत्रकार सम्मलेन मार्फत जानकारी गराएको हो।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन जेठ १७ गते हेटौंडा–१९ बस्तिपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छभने दोस्रो दिन जेठ १८ गते फरेष्ट्रि गेट अगाडि बाट बसपार्कसम्म फोहोर खोज चुनौती र प्लाष्टिकजन्य सामाग्रीहरुको बिक्रि वितरण नियन्त्रण गर्न सचेतना अभियान कार्यक्रम आयोजना गरिने अधिकारीले बताएका छन्।
।
तेस्रो दिन जेठ १९ गते नगरभरी रहेका टोल विकास संस्थाहरुमा सरसफाई कार्यक्रम र प्राकृतिक वातावरणमा मेयर, उपमेयरसँग बालबालिका कार्यक्रम आयोजना गरिएको छ।
चौथो दिन जेठ २० गते ‘फोहोरमैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका’ विषयमा बाल क्लब स्तरीय निबन्ध लेखन प्रतियोगिता हुने भएको छ ।
पाचौ दिन जेठ २१ गते वातावरणीय सचेतनामूलक साईकल र्याली तथा सम्मान कार्यक्रम हुनेछ भने छैठौं दिन २२ गते वृक्षारोपण कार्यक्रम र खेर गएका वस्तुहरुबाट उत्पादित सामाग्रीहरुको प्रतिष्पर्धा कार्यक्रम तय गरिएको छ । र अन्तिम दिन जेठ २३ गते कपडाको झोला वितरण गर्दै वातावरणीय सचेतना मूलक र्याली, सम्मान, पुरस्कार वितरण तथा सप्ताहव्यापी कार्यक्रम समापन गरिने उनले बताए ।
सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन्।
समुदाय परिचालनका माध्यमबाट समावेशी, समतामुलक, वातावरणमैत्री दीगो विकास हासिल गर्न हेटौडामा २०५६ सालदेखि टोल विकास सस्थाहरु स्थापना गरिएको र नगरका प्रत्येक नागरिकहरुको सहभागितालाई अभिवृद्धि गराउँदै सबै टोल, वडा तथा उपमहानगरपालिकाको विकासमा योगदान गर्न तथा विकासका अवधारणाबारे टोलका हरेक सदस्यहरुलाई जानकारी गराउँदै श्रञ्जनशील र विकसित हेटौडा बनाउने अभियानमा टोल विकास संस्थाले कार्य गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन।















