हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा बुधबार अपह्रान्न भएको कार दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी
भण्डारीका अनुसार ३ महिने नाबालिका र एक पुरुषको उपचारकालागि हेटौंडा अस्पतालमा ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको थियो । मृत्यु भएका तीन जना मध्ये दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने बर्ष २६ को अर्जुन नेपाली र उनको ३ महिने छोरी अर्जिताको पहिचान खुलेको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार हेटौडा अस्पतालमा उपचारको लागि ल्याईएको नेपाली बाबुछारीको साँझ ७ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको हो ।
उनीहरुको पहिचान मृतकका आफन्तले गरेको प्रवक्ता भण्डारीले बताए । मृतकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने घाइते दुई महिलाको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।
काठमाण्डौबाट भीमफेदी–कुलेखानी हेटौंडा आउदै गरेको बा ६ च ९३७९ नम्बरको कारमा ५ जना सवार रहेका थिए भने कार आफै अनियन्त्रित भएर सडकबाट करिव २५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।















