जेसीज को सम्मेलन हुने

Image

हेटौंडा – हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने भएको छ । जेसीआई मकवानपुरगढीको आयोजनामा नेपाल जेसीजअन्तर्गत् ‘एरिया बी’ को अध्यक्षहरुको सम्मेलन १८,१९ गते हेटौंडामा हुने भएको हो ।

सम्मेलनमा करिब एकसय २० जनाको उपस्थिति रहने आयोजक जेसीज अध्यक्ष विजय पुडासैनी ले बताए साथै‘एरिया बी’ अन्तर्गत्का सन् २०२३ र २०२४ का अध्यक्षहरुले २ दिनसम्म हेटौंडामा हुने भेलाले यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने जनाईएको छ ।‘एरिया बी’ मा ४१ वटा जेसीजका शाखाको आबद्धता रहेको छ । यसअघि जेसीजले राष्ट्रिय जेसीज कप फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

सम्मेलनमा करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने सम्मेलनको उद्घाटन नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवम् प्रदेश सांसद इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको जनाईएको छ।