एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट सुरु

Image

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट हेटौंडामा सुरु भएको भने अधिवेशनको उद्घाटन् एमालेका महासचिब शंकर पोख्रेलले गर्नुभयो ।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, संघीय संसदका प्रमुख सचेतक महेश कुमार बर्तौला, एमाले केन्द्रीय सल्लाहकार बिभागका डोरमणि पौडेल, एमालेका केन्द्रीय नेता तथा मकवानपुर इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु भारती पाठक, रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, लगायत अरू बिभीन्न पार्टी, संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
तीन दिन सम्म कार्यक्रम हुने छ भने भोली बन्दसत्र र चुनाबका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रियाहरु हुने कार्यक्रम रहेको छ ।

जम्मा ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने र जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट अधिवेशनमा सहभागीता रहने एमाले मकवानपुरले जनाएको छ ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो । अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने साथै अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व चयन गरिने भएको छ।