नेकपा एमालेको जिल्ला अध्यक्ष पदमा ५ जनाको उम्मेद्वारी

Image

हेटौंडा -नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि शनिबार पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाईं र भरत दुलाल रहेका छन् । यस्तै सचिवमा मदन कुमार दाहाल, सिता बिष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापा गरी पाँच जनाको उम्मेदवारी परेको छ भने उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल,फुर्बा दोर्जे लामा, खेमराज मगर ,कृष्णप्रसाद चौलागाई, र दीपक खड्काको उम्मेदवारी परेको छ।

यसैगरी उपसचिव महिलातर्फ जुना दाहाल, आरती पाठक,कल्पना बलामी, र पार्वती रानाले उम्मेदवारी दिएका छन । सर्वसम्मतबाट नयाँ कार्यसमिति चयन नहुने भएपछि निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रियामा गएको हो ।

जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो ।

कुल ७६९ जना अधिवेशन प्रतिनिधि रहेका छन् जसमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहेको छ भने अधिवेशनले १०५ सदस्य जिल्ला कमिटी निर्माण गर्नेछ।