अचानक आएको हावाहुरीले रुख ढल्दा एकजना को मृत्यु

Image

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा आज बिहान पानीसँगै आएको हावाहुरीले रुख भाँचिएर रुखले लागेर एक जनाको मृत्यु भ्एको छ । मृत्यु हुनेमा मनहरी–२ को ट्याङकी दमारका २२ वर्षीय राम बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज मंगलबार बिहान ११ बजेर ३० मिनेटको समयमा घर नजिकैको बारीमा घाँस काटिरहेको अवस्थामा एक्कासी आएको हावाहुरी र पानीले साजको रुख भाँचेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुने बितिक्कै इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटेर कानुनी प्रक्रिया पछि शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।