हेटौंडा। ५२ औं बिश्व वातावरण दिवसको अवसरमा हेटौंडा ११ राप्ती रिवर साइड मा बृक्षा रोपण कार्यक्रम गरिएको छ । टोल बिकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजना तथा डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुर को सहयोगमा बृक्षारोपण कार्यक्रम गरिएको हो । 
कार्यक्रम कि प्रमुख अतिथि हेटौंडा उपमहानगर पलिकाकि मेयर मिनाकुमारी लामाले बृक्षारोपण गरि कार्यक्रमको शुरूवात भएको हो ।
वडासमन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रम मा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहाल , वडासदस्य द्वय बिकास नेपाल , सन्जय बिडारी , सिमलटार टोलबिकास संस्था का अध्यक्ष सुर्यमान लामा , सागरपथ टोबिस अध्यक्ष सुर्यबहादुर थिङ , थानाभर्याङ टोबिस अध्यक्ष वसन्त कप्रौला काङ्ग्रेस पार्टी का वडासदस्य सुन्दरलाल शेर्स्थ लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा २ सय बिरुवा रोपिएको थियोे ।















