टी-२० विश्वकप: आयरल्यान्डविरुद्ध भारतले टस जित्यो

Image

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा आयरल्यान्डविरुद्ध भारतले पहिले फिल्डिङ गर्ने भएको छ । बुधबार न्यूयोर्कमा हुने खेलका लागि भएको टस जितेर भारतका कप्तान रोहित शर्माले फिल्डिङको निर्णय गर्दै आयरल्यान्डलाई ब्याटिङमा निम्त्याएका हुन् ।

यस विश्वकपमा दुवै टोलीको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

भारतीय टोलीले यस खेलको प्लेइङ–११ मा चाइनाम्यान बलर कुलदीप यादव, विकेटकिपर ब्याट्सम्यान सञ्जु सैमसन, लेग स्पिनर युजवेन्द्र चहल र ओपनर यशस्वीलाई समावेश गरेको छ । यस्तै आयरल्यान्डले क्रेग यंग, ​​नील रक, ग्राहम ह्युम र रस एडेयरलाई प्लेइङ ११ मा समावेश गरेको छैन।