काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा आज मंगलबार ताजिकस्तानको डाइमेड भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल स्थानीय समयअनुसार १: ३० बजे हुनेछ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पुलिस अपराजित छ। आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
सोमबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्सलाई त्यही सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल भयो। पुलिसको अंक तालिकामा ६ अंक छ। पुलिस यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।
डाइमेड भने जितविहीन छ। पहिलो खेलमा माल्दिभ्सको पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो। सोमबार भएको दोस्रो खेलमा हुमोसँग पनि सोही सेटमा पराजित हुन पुग्यो।
पुलिसको भलिबल टोली : कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक : रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)

















