विश्वकपको फाइनल प्रवेशमा अमेरिका र उत्तर कोरिया आमनेसामने हुने

Image

एजेन्सी । २० वर्ष मुनिको महिला विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई पराजित गर्दै जापान सेमिफाइनलमा प्रवेश गरेको छ। कोलम्बियामा जारी खेलमा जापानले स्पेनलाई १-० गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो।

यसै गरी गएराति नै भएको खेलमा नेदरल्याण्डले कोलम्बियालाई हराउँदै पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै जापानसँगको भेट पक्का गर्‍यो। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टिमले २-२ को बराबरी खेलेपछि पेनाल्टी भएको थियो।

जसमा नेदरल्याण्ड्सले बाजी मार्‍यो। गएराति नै भएको अर्को खेलमा उत्तर कोरियाको महिला टोलीले ब्राजिललाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

यसैगरी अन्तिम समयमा सम्हालिन नसक्दा अमेरिकाले जर्मनीलाई अन्तिम ८ बाटै बिदा गरेको छ। निर्धारित समयमा २-० को अग्रता बनाएको जर्मनीले थपिएको ८ मिनेटमा दुई गोल खायो।

त्यसपछि पेनाल्टी हुँदा अमेरिकाले बाजी विजयी भयो। फाइनल प्रवेशका लागि बिहीबार अमेरिका र उत्तर कोरिया तथा नेदरल्याण्ड्स र जापान भिड्नेछन्।