सर्वोत्कृष्ट नतिजा ल्याउने थ्री स्टार्सका बिज्ञान कठायत सम्मानित

Image

धनगढी । धनगढी उपमहानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा गत बर्ष २०८० मा आधारभुत तह कक्षा ८ मा सर्वोत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी लाई सम्मान गरेको छ।

सोही क्रममा धनगढी उपमहानगरपालिका ८ कैलालीमा रहेको सुदुरपश्चिमकै चर्चित बिधालय थ्री स्टार्स अंग्रेजी आवाशिय बिधालयका बिद्यार्थी बिज्ञान कठायतलाइ स्थापना दिवसका आधारमा भौतिक पुर्वाधार मन्त्री लगायतको उपस्थितिमा सम्मान गरिएको हो। उनले बोर्ड परिक्षामा संस्थागत बिधालयमा उत्कृष्ट ३.९७ जिपिए ल्याएका थिए।

उनलाइ नगद २५ हजार सहित सम्मान गरिएको थियो। नगरपालिकाले गरेको यस्ता कार्यले थप उर्जा मिलेको समेत बिधालयकि प्रधानाध्यापक मिरा आचार्य बताउनु हुन्छ।