बोर्नमाउथमाथि लिभरपुलको सहज जित

Image

काठमाडौं । लुइस डियाजको दुई गोल मदतमा लिभरपुलले प्रिमियर लिगमा शनिबार राति बर्नमाउथलाई ३-० ले पराजित गरेको छ । यो जितपछि लिभरपुल शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा डियाजले पहिलो हाफमा दुई मिनेट अन्तरमा दुई गोल गरेका थिए । डियाजले २६औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने २८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

डार्विन नुनेजले ३७औं मिनेटमा लिभरपुलका लागि गोल थपे । जितपछि लिभरपुलले ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ४ खेलबाट १२ अंक नै जोडेको म्यानचेष्टर सिटी गोल अन्तरमा पछि छ ।

लिगकै अन्य खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई ३-१ ले पराजित गरेको । म्यानचेष्टर युनाइटेड भने क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ । एस्टन भिलल्ले वल्भ्सलाई तथा फुलहमले न्युकासल युनाइटेडलाई समान ३-१ ले पराजित गरेको छ ।