काठमाडौं । लगातारको वर्षाका कारण भारत र बंगलादेशबीच कानपुरमा जारी दोस्रो टेस्टको तेस्रो दिनको खेल पनि रद्द भएको छ ।
आइतबार मैदान खेल्नका लागि तयार नभएपछि १ बल पनि हुन सकेन । वर्षाका कारण शनिबारको खेल पनि रद्द भएको थियो ।
शुक्रबार पहिलो दिन केही समय खेल हुँदा बंगलादेशले ३ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

















