जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन घाइते

Image

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन घाइते भएका छन्। जर्मन बुन्डेसलिगा अन्तर्गत बायर लेभरकुसनविरुद्धको खेलमा उनको घुँडामा चोट लागेको छ । केनले खेलको ८७औं मिनेटमा मैदान छाडेका थिए ।

केनको चोटले बायर्नको चिन्ता बढाएको छ । क्लबले बुधबार च्याम्पियन्स लिगमा इङ्ल्यान्डको एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।

‘म डाक्टर त हैन तर कामना गर्छु केनको चोट गम्भिर नहोस्,’बायर्नका प्रशक्षिक भिसेन्ट कम्पोनीले भने, ‘हामी एस्टन भिल्लारिुद्ध खेलुन् भन्ने चाहन्छौं ।

यही सिजन इङ्लिस क्लब टोटनहमबाट भित्रिएका केनले बार्यनका लागि ५ बुन्डेसलिगा खेलमा ५ गोल गरेका छन् ।