पहिलो हाफमा नेपाल र भारत बराबर

Image

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलको पहिलो हाफमा भारत र नेपालले दुवै टोलीले गोल गर्न सकेका छैनन् । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्। पहिलो हाफको सुरुवातदेखि नै दुवै टोलीले आक्रमण बनाए पनि गोल गर्न भने सकेका छैनन् ।

४४ औँ मिनेटमा डिबक्स नजिकबाट प्रिति राईले गरेको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। ४३ औँ मिनेटमा साम्बाको प्रहार भारतकी गोलरक्षकले जोगाईन् । खेलको ३१ औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार भारतकी गोलरक्षकले जा्गाईन्। त्यसकै रिवाउण्डमा अमिसा कार्कीको प्रहार किपरले पन्च गर्दै जोगाईन् ।

२८ औँ मिनेटमा सावित्रिा भण्डारीको प्रहार पहिलो बारको नजिकबाट आकाशियो। खेलको २३ औँ मिनेटमा सविता रानामगरको कर्नरमा रेखा पौडेलको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो ।

पहिलो हाफको २० औँ मिनेटमा मनिषाको कर्नरमा ज्योति चौहानको हेडर नेपालकी डिफेन्डर अमृता जैसीले जोगाईन्। त्यसकै रिवाउण्डमा उनको प्रहार आकाशियो । अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराएको थियो।