सावित्रा भण्डारी साम्बाले गरिन् अनुको कीर्तिमान बराबरी

Image

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले पूर्व कप्तान अनु लामाको नाममा रहेको कीर्तिमान बराबरी गरेकी छन् ।

सावित्रा अनुसँगै दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी बनेकी छन् । आइतबार साफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भारतविरुद्ध एक गोल गरेसँगै सावित्राले अनुको कीर्तिमान बराबरी गरिन् ।

सावित्राले साफ च्याम्पियनसिपमा कूल २१ गोल गरेकी छन् । नेपालले साफ च्याम्पियनसिपमा कुल ३१ खेल खेल्दा १२८ गोल गरेको छ ।

सावित्रा र अनुपछि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पूर्व खेलाडी जमुना गुरुङ छिन् । उनको नाममा १९ गोल छ