क्यानडाका कप्तानले विराटनगरबाट एनपिएल खेल्ने

Image

काठमाडौं । क्यानडाका कप्तान निकोलास किर्टोनले विराटनगर किंग्सबाट पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

विराटनगरले क्यानडाका कप्तानलाई दोस्रो विदेशी खेलाडीको रुपमा आफ्नो टोलीमा आबद्ध गरेको सोमवार सामाजिक संजाल मार्फत जनाएको छ । ओमानका कप्तान अकिब इल्यास विराटनगरमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् ।

किर्टोनले क्यानडाका लागि १८ ओडिआई र २५ टि ट्वान्टी आई खेलेका छन् । उनले ओडिआई र टि ट्वान्टी आईमा गरेर १ हजार ६० रन बनाएका छन् । विराटनगरले केही साता अघि मात्र आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् ।

हरेक टोलीले आफ्नो अनुकुलका ४ विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।

विराटनगरको टिम :

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास र निकोलस कीर्तन