साफ फाइनल : नेपालविरुद्ध बंगलादेशको सुरुवाती अग्रता

Image

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा घरेलु टोलीविरुद्ध साविक विजेता बंगलादेशले सुरुवाती अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको दोस्रो हाफमा नेपाल १–० ले पछि परेको छ।

खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले घरेल’ टोलीविरुद्ध अग्रता बनाएको छ।

खेलको दोस्रो मिनेटमा नै गिता रानाले रिलिज गरेको बल तोहुरा खातुनले सजिलै नियन्त्रणमा लिँदै गरेको प्रहार क्रसबारमा लाग्दै रिबाउण्ड भयो। रिबाउण्डमा तोहुराको हेडर नेपालकी गोलरक्षकले सजिलै बचाउ गरिन्।

खेलको १० औँ मिनेटमा साम्बाको ब्याक पासमा अमिसा कार्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो।

खेलको ३३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको फ्रिकीक प्रहार क्रसबारको माथिबाट आकाशियो।