मुम्बई इण्डियन्सले रिटेन गर्यो यी पाँच खेलाडी, कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे

Image

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन् । फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्बजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन् ।

यसैक्रममा मुम्बई इण्डियन्सले पाँच खेलाडीलाई रिटेन गरेको छ । जसमा रोहित शर्मा, हार्दिक पाण्डेय, सूर्यकुमार यादव, जसप्रित बुमराह र तिलक बर्मालाई रिटेन गरेको छ ।

–मुम्बई इन्डियन्स

रोहित शर्मा १६.३ करोड भारु

हार्दिक पाण्ड्या १६.३५ करोड भारु

जसप्रित बुमराह १८ करोड भारु

सुर्यकुमार यादव १६.३५ करोड भारु

तिलक बर्मा ८ करोड भारु

अक्सनका लागि बाँकी रकम ५५ करोड भारु

आरटिएमबाट १ खेलाडी लिन सक्ने १