काठमाडौं । द हङकङ सिक्सेसको क्वार्टरफाइनलमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ । हङकङको मोङ कक मैदानमा श्रीलंकाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो । पूल ‘बी’ को विजेता नेपालले पूल ‘डी’ को विजेता श्रीलंकासँगको क्वाटरफाइनल भेट पक्का गरेको हो ।
पहिलो खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको थियो। शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले अस्ट्रेलियालाई ११२ रनको चुनौती दिएको थियो।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले अर्धसतक प्रहार गरे ।
यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए । अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए ।

















