नेपालले हङकङ सिक्सेसमा आज प्लेट सेमिफाइनल खेल्ने

Image

काठमाडौँ । नेपालले आज हङकङ सिक्सेसको प्लेट सेमिफाइनल खेल्ने भएको छ । क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपालले आज प्लेट सेमिफाइनलमा युएईको सामना गर्ने भएको हो ।

युएई क्वाटरफाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यो खेल नेपाली समय अनुसार बिहान ८:०५ बजेदेखि शुरु हुदै छ ।

त्यस्तै अर्को प्लेट सेमिफाइनलमा आयोजक हङकङ र दक्षिण अफ्रिका खेल्ने भएका छन् । यो खेल बिहान ७ : १० बजेदेखि शुरु भइसकेको छ । प्लेट फाइनल आजै १: ३५ बजेदेखि हुने छ ।

त्यस्तै प्रतियोगिताको सेमिफाइनलमा भने आज अस्ट्रेलिया र पाकिस्तान तथा श्रीलंका र बंगलादेश खेल्ने भएका छन् । त्यस्तै फाइनल खेल पनि आजै हुने छ ।