काठमाडौं । मैदान फर्किएको साता दिनमै ब्राजेलियन स्टार नेयमार घाइते भएका छन् । सोमबार राति एएफसी च्याम्पियन्स लिगमा एष्टध्लालविरुद्ध ३–० को जित निकाल्दा नेयमार फेरी घाइते भए ।
नेयमार खेलको ५८औं मिनेटमा अब्दुल्लाह अल हम्दानको स्थानमा मैदान प्रवेश गरेका थिए । तर, घाइते भएपछि ८७औं मिनेटमा मैदानबाट बाहिरिएका हुन् ।
यसअघि च्याम्पियन लिगमै अल ताइविरुद्ध नेयमारले एक वर्षपछि कमब्याक गरेका थिए । पुनः सोमबार राति घुँडामा समस्या देखिएपछि नेयमारले विश्राम लिनुपर्ने भएका छ । तर, समयसिमा सार्वजनिक गरिएको छैन ।
घरेलु मैदानमा हल हिलाललाई जिताउन एलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेका थिए । उनले खेलको १५, ३३ र ७४औं मिनेटमा तीन गोल गरेका हुन् । जितपछि टोली चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । उसले १६ गोल गर्दा पाँच गोल बेहोरेको छ ।

















