काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा बिहीबार कुवेतको सामना गर्दा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । खेल युएईको द सेभेन रंगशालामा नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।
बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो। नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ओभरमा ३५ रनमा अलआउट भयो।
नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्याण्डले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्दैछन्। यस प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ।
यो पनि : कुवेतविरुद्ध नेपालले टस जित्यो

















