वेस्ट इन्डिजलाई इङ्ल्यान्डविरुद्धको एकखिवसीय शृंखला

Image

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले इङ्ल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय शृखला २-१ ले आफ्नो पक्षमा पारेको छ । बुधबार तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिज आठ विकेटले विजयी भयो । यसअघि वेस्ट इन्डिज आठ र इङ्ल्यान्ड पाँच विकेटले विजयी भएका थिए ।

बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा इङ्ल्यान्डले प्रस्तुत गरेको २६४ रनको लक्ष्य वेस्ट इन्डिजले ४३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।वेस्ट इन्डिजका लागि केसी कार्थीले ११४ बलमा १५ चौका र दुई छक्काको मद्दतले अविजित १२८ रनको योगदान गरे ।

यसैगरी ब्रेन्डन किंगले ११७ बलमा १३ चौका र एक छक्कको मद्दतले १०२ र इभन लुइसले १९ रन बनाए । दोस्रो विकेटका लागि कार्थी र किंगले २०९ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि रिस टोप्ली र जिमी ओभरटनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रनको योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि फिल साल्टले १०८ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे ।

यसैगरी ड्यानिल मुस्लेले ७० बलमा पाँच चौका र एक छक्काको मद्दतले ५७, साम करनले ४०, जोफ्रा आर्चरले अविजित ३८ र जिमी ओभरटनले ३२ रन बनाए ।

साल्टले पाँचौं विकेटका लागि करन र छैटौं विकेटका लागि मुस्लेसँग समान ७० रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डले तीन, अल्जारी जोसेफ र रोमारिया शेफर्डले समान दुई र रोस्टन चेजले एक विकेट लिए ।