काठमाडौँ । अल्लाह गजान्फरले ६ विकेटको सहयोगमा अफगानिस्तानले पहिलो ओडिआईमा बंगलादेशलाई पराजित गरेको छ । अफगानिस्तानले बंगालदेशविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई सिरिजको पहिलो खेलमा ९२ रनको जित हासिल गरेको छ । अफगानिस्तानले दिएको २ सय ३६ रनको लक्ष्य पछाएको बंगलादेशले ३४.३ ओभरमा अल आउट हुदै १ सय ४३ रन मात्रै बनाउन सक्यो।
बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले ६८ बलमा सर्वाधिक ४७ रन बनाए। यस्तै, सौम्य सरकारले ३३, मेहदी हसन मिराजले २८ रन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । एक समय १ सय २० रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको बंगलादेशले २३ रन जोड्दा ८ विकेट गुमाएको थियो ।
अफगानिस्तानको लागि गजन्फरले ६.३ ओभरमा एक मेडन ओभरसहित २६ रन खर्चिएर ६ विकेट हात पारे । ओडिआई करियरमा यो उनको उत्कृष्ट बलिङ हो । राशिद खान २ तथा मोहम्मद नाबी र अजमातुल्लाह उमराजाईले समान १ विकेट लिए।
त्यसअघि सारजहामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अलआउट हुदै २ सय ३५ रन जोड्न सक्यो ।
अफगानिस्तानका लागि मोहमद नाबीले ७९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ८४ रनको सानदार अर्धशतकीय पारी खेलेका थिए । ७१ रनमा ५ विकेट गुमाएर कमजोर स्थितीमा पुगेको अफगानस्तानका लागि नाबी र कप्तान हशमतुल्लाह शाहीदीले १ सय ४ रनको महत्वपुर्ण शतकीय साझेदारी गरे ।
कप्तान शाहिदी ९२ बलमा ५२ रन बनाउँदा गुलबदिन नाबी २२, सादिकुल्लाह अटलले २१ रन बनाए । नङ्गेलिया खरोटे २७ रनमा अविजित रहे।बलिङतर्फ बंगलादेशको लागि तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान ४ तथा शरिफुल ईस्लामले १ विकेट हात पारे।
दुई टोलीबीचको दोस्रो ओडिआई खेल आगामी शनिवार हुनेछ ।

















