एमबाप्पे फ्रान्सको टोली बाहिर

Image

एजेन्सी । फ्रान्सका स्टार स्ट्राईकर केलियन एमबाप्पे फेरि फ्रान्सको टोलीबाट बाहिरिएका छन् । बिहीबार प्रशिक्षक डिडिएर डेसच्याम्प्सले नेसन्स लिगमा इजरायल र इटालीविरुद्धको खेलका लागि खेलाडीको सूची सार्वजनिक गरेका थिए । तर, उक्त सुचीमा एमबाप्पे भने अटाएका छैनन् । यसअघि पनि एमबाप्पे चोटका कारण टोलीबाट बाहिर रहेका थिए ।

यस पटक भने एमबाप्पे घाइते नभएको उनी व्यक्तिगत कारण टिममा सहभागी हुन नचाहेको प्रशिक्षक डेसच्याम्प्सले बताए ।

यसै समरमा फ्रासेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट स्पेनिस क्लब रियल मड्रिड प्रवेश गरेका एमबाप्पेको प्रदर्शन खास देखिएको छैन ।

फ्रान्सले नोभेम्बर १४ मा इजरायलसँग घरेलु मैदानमा खेल्नेछ । त्यसको तीन दिनपछि इटाली जानेछ । चार खेलपछि इटाली १० अंकका साथ समूह तालिकाको शीर्ष स्थानमा छ । फ्रान्स एक अंक कम सहित दोस्रो स्थानमा छ । बेल्जियम ४ अंकका साथ तेस्रो स्थानमा छ ।