एजेन्सी । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लिगमा दोस्रो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा टोली रियल सोसिडाडसँग ०–१ गोलले पराजित बनेको हो ।
युवा स्टार लामिन यामाल बिना नै मैदानमा उत्रेको बार्सिलोना खेलको ३३ औँ मिनेटमा पछि परेको थियो । सेराल्डो बेकरले सोसिडाडका लागि निर्णायक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गोल गरे पनि त्यसलाई विवादास्पद रूपमा अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
पराजयपछि बार्सिलोनाले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता रियल मड्रिडले एक खेल कम खेलेको छ ।

















