पुजाले रचिन् इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

Image

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मंगलबार कुवेतविरुद्धको खेलमा नेपाली ब्याटर पूजा महतोले शतक बनाएकी छन् । युएईको अजमानमा जारी खेलमा प्रतियोगिताको इतिहासमा नै पहिलो शतक पुजाले ५७ बलमा पूरा गरिन् ।

१८ वर्षीया अनुभवी ब्याट्र पूजाले ५७ बलमा १२ चौकाको मद्दतले आफ्नो शतक पुरा गर्दै इतिहास रचेकी हुन् । उनको स्ट्राइक रेट १७५.४४ रहेको छ । पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो ।

गत फेब्रवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । यू १९ महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो । पूजाले नेपाली महिला क्रिकेटको एकै खेलमा बनेको सर्वाधिक रन समेत हो । रुबिनाले सोहि खेलमा ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो । यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिईन् ।