आइसिसीले गर्‍यो रिस टोप्लीलाई कारवाही, यस्तो छ कारण

Image

काठमाडौं । इङ्ल्यान्डका तिव्र गतिका बलर रिस टोप्लीलाई आइसिसीले कारवाही गरेको छ । वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा घाइते भएका टोप्लीले कुर्सी तोडफोड गरेका थिए । आइसिसीले टोप्लीलाई म्याच फिको १५ प्रतिशत जरिवाना लगाएको छ ।

पहिलो खेलमा विकेटविहिन बनेका टोप्लीले दोस्रो खेल भने गुमाएका थिए । पाँच खेलको शृंखलामा इङ्ल्यान्ड २-० ले अगाडि छ । शृंखलाको तेस्रो खेल शुक्रबार हुनेछ ।